Gulabi Umer by Amar Nyaupane
Promotions

Spend Rs. 1,500 get Rs. 155 off
>
Estimate Shipping
Select Province
- Provinces No 1
- Provinces No 2
- Provinces No 3
- Provinces No 4
- Provinces No 5
- Provinces No 6
- Provinces No 7
Return & Refund
Refer to Return and Refund Policy"आँधीलाई झै सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो। पहाडलाई झै अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो । बादलझै उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैले हुँदासमेत आफूलाई मन परेको मानिसले छोएझै आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो । जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्र्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो- गुलाबी उमेर ।"
अमर न्यौपानेको चौथो उपन्यासको रुपमा रहेको गुलाबी उमेर पुस्तकले टीनएज भनिने १३ देखि १९ वर्ष उमेर समूहले अनुभव गर्ने शारीरिक र मानसिक परिवर्तनको कथा बोकेको छ । यश पुस्तक मार्फत उनले दिन खोजेको मुख्य संदेश भनेको १३-१९ वर्ष उमेर समुहका किशोर किशोरीहरु सामान्यतया गम्भीर हुदैनन् तर यो नै जीवनको सबैभन्दा गम्भीर उमेर हो ।
न्यौपाने लिखित 'सेतो धर्ती' मदन पुरस्कारबाट पुरस्कृत भएको थियो।
- Language: Nepali
- Binding: Paperback
- Publisher: FinePrint
- Genre: Fiction
- ISBN13: 9789937665667